Sunday, July 22, 2012

अनि त्यो दिन घन्टी बज्यो


आलिखित अनेकौ कहाँनिहरु ,
 नछापिएका , नपढिएका
असम्वव अनेकौ सोचहरु  ,
 अस्विकारीएक , अपत्यारीला
नया सोचलाई बधा दिदै
पुरानै अस्थित्वमा सन्तुस्ट
 
बिवेकहीन परिचित अनुहारका
समृद्द अनेकौ हार
प्रायस गर्दै, लढ्दै उठ्दै
गोजी छाम्दै ,अनी डरएका अनुहार

अनि एक दिन मैले विचार गरे
नविन सोचलाई फेरी बोलाउने
प्रतिक्षामा घन््टौ खर्चे
चिया चुरोटको बिल बढे
त्यो दिन मेरो त्यसै कट्यो
चन्द्रमालाई पालो दिइ
सुर्यस्त पश्चिममै भयो

अनी फेरी देखे :
बिवेकहीन परिचित अनुहारका
समृद्द अनेकौ हार
प्रायस गर्दै, लढ्दै उठ्दै
गोजी छाम्दै ,अनी डरएका अनुहार

अचानक एकदिन ढोकामा घन्टी बज्यो
फेरी बज्यो अनि बजी रह्यो
गहिरो निन्द्राको उन्मादमा हराएको
बेहोसिमै ढोका सम्मको यत्रामा लागे
धमिला ति परिचित दृश्य,
स्पस्ट भएर जुट्न थाले
कालो घनघोर ति बादल ,
निलो पर्दा भएर फुट्न थाले
शितले थलिएको बृक्ष ,
फेरी रङिन सजिएर मुस्कुराइ रह्यो
घन्टी बजाउने उर्जाको भौतिक अस्थित्वको रहस््य
प्रकृतिमा बिलिन भयो

आनी फेरी देखें:
बिवेकहीन परिचित अनुहारका
समृद्द अनेकौ हार
प्रायस गर्दै, लढ्दै उठ्दै
गोजी छाम्दै  हासेका अनुहार

1 comment: